Sunday, February 14, 2016

जीका भाईरस (zika virus) : DrSudeepKC

जीका भाईरस (zika virus)   


 
डा. सुदिप के .सी. MD
मानिसमा जीका भाइरस संक्रमित एडिस (ades) लामखुट्टेको टोकाइले सर्ने गर्छ ! यो लामखुटेले राती भन्दा दिनमा टोक्ने गर्छ ! यो भाइरस नेपाल बाहिर को मुलुक जस्तै अफ्रिकी मुलुक , अमेरिका , हाईटि र ब्राजिलमा देखा परिसकेको छ हालै चीनमा पनि देखिएको आशंका गरिएको छ !   नेपालमा अहिले सम्म देखा नपरेपनि फैलन सक्ने सम्भावना र फैलिएमा महामारीको रुप लिन सक्ने अनुमान गरिएको छ   !
 

कसरी सर्छ जीका ?
1.       लामखुट्टेको टोकाइले
2.       पहिले नै संक्रमित रक्तदान गर्दा
3.       शारिरिक सम्पर्क गर्दा
4.       गर्भवती आमाबाट पेटको बच्चामा
5.       बच्चालाई दुध खुवाउदा

रोगका लक्षणहरु
·         लक्षणहरु मुख्य रुपमा लामखुट्टेले टोकेको २ देखि १२ दिन मा देखिन्छ !
·         बिरामीलाई रोग लागेको थाहा नहुन सक्छ जसलाई असिमटोमेटिक(asymptomatic) भनिन्छ!
·         तल उल्लेखित २ वा २ भन्दा बडी लक्षणहरु रहेमा बिरामी जीका भाइरस संक्रमित भन्न सकिन्छ !
o   हल्का ज्वरो आउने
o   शरिरमा बिबिरा आउने
o   मासपेसी दुखने
o   टाउको दुख्ने
o   आखा पछाडिको भाग दुख्ने
o   पेट दुख्ने
o   पातलो दिसा ३ पटक भन्दा बडी हुने
o   वाकवाक लाग्ने
o   मुखको छालाहरु खोल्सिदै जाने
o   शरिर चिलाउने
o   माथिका लक्षणहरु २ देखी ७ दिन मा हराएर जाने
रोग लागेपछि के के खराब गर्छ  ?
·         बच्चाको टाउको सानो हुने जसलाई माइक्रोसिफेली  (microcephaly) भनिन्छ !
·         आँखा भित्र रहेको नसा सुकेर हेर्न नसक्ने हुने !
·          खुट्टा कम्जोर भई बिस्तारै माथी सर्दै पुरा शरिर कम्जोर भई स्वास फेर्न नसक्ने र मृत्यु हुने !

 के-के जाचहरु गरेर पत्ता लाग्छ त जीका लागेको ?
·         नेपालमा र धेरै प्रमुख देशहरुमा अजै पनि टेस्ट उपलब्ध हुन सकेको छैन !
·         तर  अमेरीकी हेल्थ ओर्गनैजेशन ,WHO, CDC ,अर्बो भाईरस डाईगोनोस्टिक ल्याब र स्टेट हेल्थ ल्याब  अहिले सम्मका जाच गर्ने यी मात्र ठाउँहरु हुन् जहाँ जीका टेस्ट गर्न सकिन्छ !  
·         लक्षण भएको  ७ दिन भित्र रगत आर टि पी सि आर (RT-PCR) मध्यम बाट जाच गर्न सकिने !
·         जीका भाइरस सेरोलोजिकल नै प्रमाणित जाच हो (CONFIRMATORY) !
·         ७ दिन पछि आउने बिरामीलाई दुवै  आर टि पी सि आर र सेरोलोजिकल गर्नु पर्ने !
पेटमा बच्चा हुदा महिलाको जाच
यदि महिला लाई जीका संक्रमित भएमा अर्थात् माथि लेखिएका लक्षण देखिएमा
·         संक्रमित भएको  २ देखी १२ हप्ता भित्र ल्याब जाच
·         जचमा केही थाहा नभएमा वा नेगेटिव भएमा बच्चा बसेको ठाउँ (साल) र बच्चाको जाच गर्नु पर्ने !
·         भिडियो X-रेय गरि बच्चाको सानो टाउको वा गिदीमा सेतोपदार्थ (क्याल्सिफिकेसन) भएको अवस्था पत्ता लगाउने !
·         यदी बच्चाको टाउको सानो भएमा र गिदीमा सेतोपदार्थ (क्याल्सिफिकेसन )भएमा बच्चा बसेको सालको
परिक्षणहरु गर्ने !

यदि महिला लाई जीका संक्रमित नभएमा अर्थात् माथीलेखिएका लक्षण नदेखिएमा
·         संक्रमित नभएको महिलाको ल्याब जाच गर्न नपर्ने 
·         जचमा केही थाहा नभएमा वा नेगेटिव बच्चा बसेको ठाउँ र बच्चाको जाच गर्नु पर्ने
·         भिडियो X-रेय ३-४ हप्तामा  गरि बच्चाको टाउको वा गिदीको  अवस्था पत्ता लगाउने !
·         यदी बच्चाको टाउको सानो भएको  र गिदीमा सेतोपदार्थ (क्याल्सिफिकेसन )भएको शंका लागेमा  बच्चा बसेको सालको परिक्षणहरु गर्ने !
बच्चा भैसकेकोमा कसरी जीका संक्रमित छ छैन पत्ता लगाउने ?
·         बच्चा ६ महिना पुगेपछि बच्चाले कान सुन्छ कि सुन्दैन जाच गर्ने !
·         बच्चालाई नजिकको स्वस्थ चौकी वा डाक्टरकोमा लगी बच्चाको सुन्ने शक्तिको जाच गर्ने !
·         अरू बच्चाको तुलनामा आफ्नो बच्चा हुर्केको अवस्थाको ख्याल गर्ने र बच्चाको टाउकोको गोलाई पहिलो वर्ष सम्म नाप्ने !
उपचार कसरी गर्ने ?
·         पहिले लक्षणहरूको अवस्था र अवस्था अनुरूप औषधी दिने !
·         ज्वरो आएमा आराम गर्ने , झोल पदार्थ र सिटामोल दिने !
·         एसप्रिन र ब्रुफेंन जस्ता औषधी नदिने जब सम्म डेंगु ज्वरो भएको नभएको थाहा हुदैन !
रोकथाम कसरी  गर्ने ?
गर्भवती महिला जीका भाइरस संक्रमित भूभागमा नजाने !
अहिले सम्म कुनै पनि भ्याक्सिन छैन तर भारतीय कम्पनी बायोटेकले २ वोटा भ्याक्सिन भएको दाबी गर्दै आएको छ तर अहिले सम्म त्यसको असर र कुनै पनि अध्ययन भएको छैन र अहिले सम्म मान्छेमा प्रयोग गरिएको छैन  !
लामखुटटे  को टोकाइबाट बच्नेनै मुख्य रोग हुनु बाट जोगिनु हो !
घरमा जाली ढोका र सुत्दा जाली प्रयोग गर्ने लामखुटटेबाट बच्ने मल्हम पनि प्रयोग गर्न सकिन्छ !
कुनैपनि कपडा फोहोरो र शंका लागेमा लामखुटटे मार्ने स्प्रे प्रयोग गर्न सकिन्छ !
बच्चालाई शरिर पुरा छोप्ने लुगा लगाउने र लामखुटटे  भएको ठाउँमा जान वा खेल्न नदिने !






0 comments:

Post a Comment